Sunrise appliances
Homeप्रदेशप्रदेश १झापामा सम्बन्धविच्छेदका मुद्दा बढे

झापामा सम्बन्धविच्छेदका मुद्दा बढे

भद्रपुर (झापा), १ जेठः गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । झापा जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सम्बन्धविच्छेदका नौ सय ५४ मुद्दा दर्ता भएका छन् । चालु आवमा हालसम्म दर्ता भएका तीन हजार पाँच सय ५६ मध्ये २६ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा रहेको झापा जिल्ला अदालतका श्रेस्तेदार किरणकुमार सिंहले बताउनुभयो । लागुऔषध, अंश, जबर्जस्ती करणीलगायत मुद्दा पनि बढिरहेका छन् । श्रेस्तेदार सिंहका अनुसार गत वर्षसहित पछिल्ला १० महिनामा दुई हजार सात सय ८५ वटा मुद्दाको फैसला भएको छ । तीन हजार पाँच सय ५७ मुद्दा विचाराधीन छन् । जिल्ला अदालतमा दरबन्दीअनुसार न्यायाधीश नहुँदा मुद्दाको चाप बढेको छ । आठजना न्यायाधीशको दरबन्दी रहेकामा छ जनामात्र सेवारत हुनुहुन्छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू