Sunrise appliances
Homeप्रदेशप्रदेश २मिथिला महाकुम्भ र महाशिवरात्रिको चहलपहल

मिथिला महाकुम्भ र महाशिवरात्रिको चहलपहल

महोत्तरी, २० फागुन : मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा मिथिला महाकुम्भ र महाशिवरात्रि पर्वको चहलपहल बढेको छ । महाशिवरात्रि र १५ दिन मिथिलाका विभिन्न तीर्थस्थल घुम्दै फन्को लगाइने महाकुम्भ नजिकिँदै गर्दा यहाँ यी पर्वको तयारीसँगै चहलपहल बढेको हो । यसपटक आगामी शुक्रबार महाशिवरात्रि मनाएसँगै त्यसको दुई दिनपछि महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु हुन्छ । महाशिवरात्रि मिथिलामा भक्ति, निष्ठा र मेलाउत्सवको पर्व रहँदै आएको छ । पर्वका अवसरमा शिवालयमा आयोजना हुने महाशिवरात्रि मेला हेर्न जाने खर्चको जोहोमा मैथिल (मिथिलाका बासिन्दा) केही दिन पहिले नै लाग्दछन् । महोत्तरीका प्रसिद्ध शिवालय जलेश्वरनाथ, टुटेश्वरनाथ, मङ्गलनाथ र सिद्धनाथसहितका ठाउँमा पुरातनकालदेखि नै तीनदिने मेला उत्सव आयोजना हुँदै आएको छ । अहिले प्रत्येकजसो शिवालय परिसरमा मन्दिरको रङरोगन र मेला व्यवस्थापनको तयारी भइरहँदा यहाँका गरिब परिवारका व्यक्ति बेलपत्र, भान्टाभार, धतुरो र फूलपाती बेचेर केही आर्जन गर्नमा जुटेका छन् । बेलपत्र, धतुरो र पूmलपाती पुँजी बेगरै खोजमेल गर्न सकिने तथार भान्टा पनि सुलभ मूल्यमै पाइने र भार बनाएर बेच्दा मनमाफिकको दाम पाइने विगत अनुभवले गरिबलाई यो पर्व पर्खाइमा रहने गरेको हो । “पछिल्ला आठ÷नौ वर्षदेखि बेलपत्र र भान्टाको भार मेरो गुजारामा सहयोगी बन्दै आएको छ, भङ्गाहा–५ सिद्धपुरस्थित सिद्धनाथ महादेव मन्दिर परिसरमा शिवरात्रिका बेला बेलपत्र र भान्टा भार बेचेर पाएको आम्दानीले घरगुजारामा नगद खर्चको जोहो हुँदै आएको छ”, भङ्गाहा–४ पलारकी सियानकीदेवी बाँतरले बताए ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू