Sunrise appliances
Homeप्रदेशप्रदेश ३एकल महिलालाई आत्मनिर्भर बनाउने पालिकाको प्रयास

एकल महिलालाई आत्मनिर्भर बनाउने पालिकाको प्रयास

मुग्लिन (चितवन), ३१ जेठ : कालिका नगरपालिकाले नगर क्षेत्रका ५५ जना एकल महिलालाई आयआर्जनका लागि बाख्राको पाठी वितरण गरेको छ । यहाँ बुधबार आयोजित एक कार्यक्रममा प्रत्येक वडाका पाँच जना एकल महिलालाई पाठी वितरण गरिएको हो । नगर क्षेत्रका एकल महिलालाई उत्पादन, आयआर्जन र उद्यमशीलतामा जोड्ने उद्देश्यले बाख्राको पाठी वितरण गरिएको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले बताउनुभयो । सीमित बजेटका कारण प्रतिव्यक्ति एउटा पाठी प्रदान गरिएको उहाँले बताउनुुभयो । उहाँले एकल महिलाको साथमा नगरपालिका रहेको र हरेक समस्यामा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पाठी बिरामी भएमा नगरपालिकाको पशु सेवा कार्यालयबाट उपचारको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू