Sunrise appliances
Homeप्रदेशप्रदेश ४लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कास्की, १९ माघ, लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ । पोखरा महानगरपालिका-१६ बाटुलेचौर बस्ने २४ वर्षीय अजय जिसीलाई बुधबार प्रहरीले पक्राउ गरेको हाे । जिल्ला अदालत कास्कीको २०८० जेठ १९ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष कैद सजाय र १ लाख ४ हजार रुपैयाँ जरिवाना ठहर भई २ महिना १६ दिन कैद असुल भई १ वर्ष ९ महिना १४ दिन कैद सजाय र जरिवाना भुक्तान हुन बाँकी रही फरार रहेका उनलाई वडा प्रहरी
कार्यालय बगरबाट खटिएको प्रहरीले पक्राउ गरेको गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू