Sunrise appliances
Homeप्रदेशप्रदेश ४बागलुङमा ‘स्वस्थ प्रहरी, अध्ययनशील प्रहरी’ अभियान

बागलुङमा ‘स्वस्थ प्रहरी, अध्ययनशील प्रहरी’ अभियान

गलकोट (बागलुङ) जिल्ला प्रहरी कार्यालय बागलुङले ‘स्वस्थ प्रहरी, अध्ययनशील प्रहरी’ अभियान थालेको छ । उक्त कार्यालयले प्रहरीलाई नियमित रूपमा व्यायाम र अध्ययन गर्ने व्यवस्था मिलाएको छ । प्रहरीलाई अध्ययनशील बनाउन अनिवार्य कानुन र प्रहरीसँग सम्बन्धित विषयको अध्ययन गर्नुपर्ने व्यवस्थासहित सम्बन्धित विधाका पुस्तक प्रत्येक प्रहरी एकाइमा पठाउन थालिएको छ ।

नेपाल प्रहरीलाई ‘स्वस्थ प्रहरी, अध्ययनशील प्रहरी बनाउने अभियान बागलुङमा थालिएको बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो । उहाँका अनुसार प्रहरी कर्मचारीले खानपान र ऐसआरामको जीवनशैली अपनाउन थालेका कारण उनीहरू अस्वस्थ बन्दै गएका र कार्यसम्पादन अपेक्षित रूपमा हुन नसकेकाले प्रहरीलाई अनिवार्य शारीरिक व्यायाम गर्नुपर्ने नियम बनाइएको छ ।

जिल्ला मातहतमा रहेका प्रहरी एकाइले व्यायाम गरेनगरेको ‘भिडियो’ दैनिक जिल्ला प्रहरी कार्यालयको ‘कन्ट्रोल रुम’लाई पठाउनुपर्ने छ । उहाँले भन्नुभयो, “प्रहरी शारीरिक रूपमा फुर्तिलो हुनैपर्छ तर पछिल्लो समय खानपान र जीवनशैलीका कारण प्रहरी आवश्यकताभन्दा बढी मोटाउन थालेपछि व्यायामलाई अनियवार्य गरिएको हो । ” जिल्ला प्रहरी कार्यालयले प्रविधिमा पनि प्रहरीलाई जोड्न थालेको छ ।

कार्यालयले तीन अभियानलाई एकसाथ अगाडि बढाएको प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो । उहाँका अनुसार शारीरिक र मानसिकरुपमा स्वस्थ्य प्रहरी, अध्ययनशील प्रहरी र प्रविधिमैत्री प्रहरी अभियानलाई सञ्चालनमा ल्याइएको हो ।

उहाँले भन्नुभयो,“ हाल सम्मको अनुभवले प्रहरीबाट भएका त्रुटि अज्ञानताका कारण भएको पाइएको छ, प्रहरी अधिकृत सबै स्थानमा पुग्दैन फरक–फरक रहन–सहन र सामाजिक सद्भावबाट आएका हुन्छन्, कम्तीमा प्रहरीले कुन अवस्थामा के गर्नुपर्छ भन्ने ज्ञान हुनुपर्दछ, नागरिकमैत्री प्रहरीको आवश्यकता छ ।” जिल्ला प्रहरी कार्यालय बागलुङमा खटिएका सबै प्रहरीलाई प्रविधिमा जोड्ने र घटना भएको स्थान तत्कालै पत्ता लगाउने ‘लोकेसन ट्रयाप’को व्यवस्था मिलाइएको छभने प्रहरी कार्यालयका सबै संरचनालाई ‘डिजिटल’ बनाउने अभियान थालिएको छ । जिल्लामा ५८१ प्रहरी दरबन्दी रहेकामा ४३८ कार्यरत रहेका छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू