Sunrise appliances
Homeपर्यटनपोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य सङ्घको जिल्ला यात्रा

पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य सङ्घको जिल्ला यात्रा

पर्यटनको राजधानीमा आन्तरिक पर्यटक भित्र्याउन सङ्घको टोलीले भक्तपुर, धुलिखेल, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, उदयपुरको कटारी र त्रियुगा, सुनसरीको धरान, झापाको बिर्तामोड, इलाम, पाँचथर, तेह्रथुम,महोत्तरीको बर्दीबास तथा मकवानपुरको मकवानपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीलाई भेटेर आपसी सहकार्य र साझेदारीमा जोड दिएको हो । भ्रमण पूरा गरेर सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको टोली बुधबार फर्केको हो ।

जिल्लामा भएका छलफलमा तीनवटै तहका सरकारसँग निरन्तर समन्वय एवं साझेदारी गर्दै उत्पादकत्व वृद्धि, आर्थिक विकास एवं लगानी सुरक्षा तथा प्रवद्र्धनमा लाग्ने प्रतिबद्धता व्यक्त भएको अध्यक्ष प्रजापतिले बताए । लगानीको वातावरण बन्दै गएको र त्यसलाई अझ विश्वसनीय बनाउन सरकारीस्तरबाट सक्दो सहयोग हुनुपर्नेमा उद्यमी–व्यवसायीले जोड दिएका थिए ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू