बर्दिया, २० फागुन
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-२
गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी
कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।