Sunrise appliances
Homeप्रदेशप्रदेश ७हेलिकप्टर मार्फत गर्भवतीको उद्धार

हेलिकप्टर मार्फत गर्भवतीको उद्धार

बाजुरामा एक गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्ला अस्पतालमा उपचाररत बडीमालिका नगरपालिका–९ की २१ वर्षीया सम्झना सुनारको आज हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार गर्भवती सुनार जिल्ला अस्पतालमा सुत्केरी हुन आउनुभएको थियो । उहाँको अवस्था जटिल भएपछि थप उपचारका लागि हेलिकप्टरमा कैलालीको धनगढीस्थित प्रादेशिक अस्पताल लगिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

महिला तथा बालबालिका मन्त्रालयमा पहल गरेर राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती सुनारको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । यस्तै बिहीबार पनि जिल्ला अस्पतालमा शल्यक्रिया गरी शिशु जन्माउनुभएकी हिमाली गाउँपालिका–१ की २२ वर्षीया सुस्मिता खड्काको पनि नेपाली सेनाको हेलिप्टर मार्फत उद्धार गरिएको थियो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू