Luniva Global
Homeअन्यसुचना प्रबिधीमोबाइलबाट हराएका फोन नम्बर फिर्ता गर्न सकिन्छ, जान्नुहोस् सरल उपाय

मोबाइलबाट हराएका फोन नम्बर फिर्ता गर्न सकिन्छ, जान्नुहोस् सरल उपाय

काठमाडौं । तपाईको मोबाइलमा सुरक्षित गरिएका फोन नम्बर एक्कासी हराउँदा के गर्नुहुन्छ? अहिले अधिकांश स्मार्टफोन प्रयोगकर्ताले यस्तै समस्या भोगिरहेका छन्, जहाँ कन्ट्याक्ट लिस्टबाट नम्बरहरू अचानक गायब हुने गर्छन्।

विशेषगरी गुगल अकाउन्ट र जिमेलसँग सम्बन्धित गडबडीका कारण यस्तो समस्या देखिने गर्छ। कहिलेकाहीँ त ह्याकरले तपाईको गुगल अकाउन्ट ह्याक गरेर मोबाइलमा सेभ गरिएका नम्बर डिलिट गरिदिने जोखिम पनि हुन्छ।

किन हुन्छ यस्तो समस्या?

एन्ड्रोइड स्मार्टफोनमा कन्ट्याक्ट लिस्ट गुगल अकाउन्टसँग लिंक हुने भएकाले तपाईले आफ्नो जिमेल कुनै नयाँ डिभाइसमा लगइन गर्दा सम्पर्क सूची, फोटो, भिडियो र डकुमेन्ट स्वतः त्यो डिभाइसमा देखिन्छ। यसैकारण, जिमेल अकाउन्टको सुरक्षा अत्यन्तै महत्त्वपूर्ण छ।

जिमेल अकाउन्टलाई सुरक्षित बनाउन के गर्ने?

१. टू फ्याक्टर अथेन्टिकेसन सक्रिय गर्नुहोस्।
२. पासवर्डलाई बलियो बनाउनुहोस् र समय-समयमा परिवर्तन गर्नुहोस्।
३. अनौठो गतिविधि देखिएमा तुरुन्तै सुरक्षा जाँच (Security Checkup) गर्नुहोस्।

डिलिट भएका नम्बर कसरी फिर्ता गर्ने?

यदि ह्याकरले वा अन्य कारणले तपाईका फोन नम्बर डिलिट गरिदिए पनि ती नम्बर सिधै हट्दैनन्। तिनलाई गुगलको रिसाइकल बिनमा राखिन्छ, जहाँबाट पुनर्स्थापना गर्न सकिन्छ।

फोन नम्बर फिर्ता गर्न यी चरणहरू पालना गर्नुहोस्

१. आफ्नो कम्प्युटर वा ल्यापटपमा जिमेल अकाउन्टमा लगइन गर्नुहोस्।
२. जिमेलको दायाँ माथि रहेको ९ वटा बिन्दु भएको आइकनमा क्लिक गर्नुहोस्।
३. त्यसपछि खुल्ने अप्सनहरूमा Contacts छान्नुहोस्।
४. नयाँ पेजमा तपाईका सम्पर्कहरूको सूची देखिनेछ।
५. पेजको तलतिर रहेको Trash वा Bin अप्सनमा क्लिक गर्नुहोस्।
६. त्यहाँ रहेका डिलिट गरिएका सम्पर्कहरू Restore गर्ने अप्सनमा क्लिक गरेर पुनर्स्थापना गर्नुहोस्।

भविष्यमा यस्तो समस्या रोक्न के गर्ने?

  • आफ्नो जिमेलको सुरक्षा बलियो बनाउनुहोस्।
  • नियमित रूपमा आफ्नो कन्ट्याक्ट लिस्ट ब्याकअप गर्नुहोस्।
  • अनावश्यक डिभाइसहरूबाट जिमेल अकाउन्ट हटाउनुहोस्।
सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू