Sunrise appliances
Homeमुख्य समाचारभारतमा अर्ध–उच्च गतिको रेल सेवा सुरु

भारतमा अर्ध–उच्च गतिको रेल सेवा सुरु

भारतले शुक्रबार देखि आफ्नो पहिलो अर्ध उच्च गतिको ‘नमो भारत’ नामक रेल सेवा सुरु गरेको अधिकारीहरूले बताएका छन् ।

आरआरटिएस नामले समेत चिनिने क्षेत्रीय द्रुत रेल सेवाको प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी राज्य उत्तर प्रदेशमा उद्घाटन गरे ।

रेलले उत्तर प्रदेशको साहिबाबाद र दुहाई डिपो स्टेसनलाई जोड्नेछ ।

प्रधानमन्त्री मोदीले जारी गरेको तस्बिरमा उहाँलाई रेलमा स्कुलका बालबालिकासहित सहयात्रीहरु सँग कुराकानी गरिरहेको देखाइएको छ ।

“भारतको पूर्वाधारमा एउटा महत्वपूर्ण विकास १ दिल्ली–मेरठ आरआरटिएस करिडोरले क्षेत्रीय कनेक्टिभिटीमा ठूलो परिवर्तन गर्नेछ”, र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने ।

अधिकारीहरुका अनुसार दिल्ली–गाजियाबाद–मेरठ १७ किलोमिटर लामो प्राथमिकता भएको खण्ड यात्रुहरूका लागि शनिबारदेखि खुल्ला गरिने छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू