Sunrise appliances
Homeअन्यविश्व बिदेशअमेरिकाको टेक्ससमा भाडाको घरमा गोली चल्दा ३ जनाको मृत्यु, २ जना घाइते

अमेरिकाको टेक्ससमा भाडाको घरमा गोली चल्दा ३ जनाको मृत्यु, २ जना घाइते

अमेरिकी राज्य टेक्ससको हस्टन क्षेत्रमा भाडाको घरमा आइतबार बिहान भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । साथै अन्य दुई जना घाइते भएको पनि अधिकारीहरूले बताएका छन्। ह्युस्टनको उपनगरीय शहर क्याटीमा भाडाको घरमा २० वर्षका करिब १० देखि २० जना मानिसको भेला भएको अवस्थामा झगडा भएको र गोली हानाहान हुँदा कम्तिमा पाँच जनालाई गोली लागेको थियो ।


ह्यारिस काउन्टी शेरिफको कार्यालयका अनुसार एक जना पुरुष र एक जना महिलाको घटनास्थलमा मृत्यु भएको र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।


त्यसैगरी गोली लागेका अन्य दुई जना अस्पतालमा उपचार गराउन पुगेको स्थानीय प्रहरीले जनाएको छ ।
घटना बारे अनुसन्धान जारी छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू