इरानले दक्षिणपूर्वी केरमान शहरमा हालैका घातक “आतङ्कवादी” हमलाहरूपछि १० भन्दा बढी “आतङ्कवादी कक्षहरू” पहिचान गरी नष्ट गरेको छ ।
अर्ध-आधिकारिक फार्स समाचार एजेन्सीले आइतबार जनाएअनुसार सुरक्षा मामिलाका लागि उप आन्तरिक मन्त्री माजिद मिर-अहमदीलाई उद्धृत गर्दै सो बारे जानकारी गराएको छ ।
इस्लामिक स्टेट (आईएस) आतङ्कवादी समूहले जनवरी ४ मा बम विस्फोटको जिम्मेवारी लिएको छ र दुई आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताएको छ।
इरानको खुफिया मन्त्रालयले उसको सेनाले दुई “आतङ्कवादी” लाई मारेको रकेरमान विष्फोटको सम्बन्धमा आईएसका प्रमुख नेताहरू सहित धेरैलाई गिरफ्तार गरेको बताएको छ ।