Sunrise appliances
Homeअन्यविश्व बिदेशबेलायती महारानी एलिजावेथ द्वितीयाको कार बिक्रीमा

बेलायती महारानी एलिजावेथ द्वितीयाको कार बिक्रीमा

लण्डन । बेलायतकी दिवंगत महारानी एलिजावेथ द्वितीयाले प्रयोग गर्ने गरेको कारहरुमध्येको एका कार बिक्रीमा राखिएको छ ।
नीलो रंगको सो रेन्जरोभर सन् २०१६ ताकादेखि राजपरिवारसित रहेको थियो ।
क्यूयु१६ एक्सभीएच नम्बर रहेको सो कार अमेरिकी राष्ट्रपति बाराक ओबामा बेलायत भ्रमणमा आएको बखत समेत प्रयोग भएको थियो । नयाँ बिक्रेताले पुरानै नम्बर प्लेटसहित कार किन्न सक्ने कारको बिक्रेता ज्याक मोर्गन जोन्सले बताएका छन् ।
राजपरिवारको प्रयोगका लागि बनाइएको हुनाले सो कारमा रेन्ज रोभरकै सो मोडलहरुमा भन्दा धेरै विशेषताहरु रहेका छन् ।
सो कार यसअघि दुईपटक बिक्री भएको कारको इतिहासले देखाएको छ ।
सो कारको बिक्री मूल्य २ लाख २४ हजार ८५० पाउण्ड राखिएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू