Sunrise appliances
Homeअन्यविश्व बिदेशविश्व परिवर्तनमा भारत अग्रपङ्क्तिमा हुनेछ– फ्रान्सेली राष्ट्रपति म्याक्रोन

विश्व परिवर्तनमा भारत अग्रपङ्क्तिमा हुनेछ– फ्रान्सेली राष्ट्रपति म्याक्रोन

रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले गणतन्त्र दिवस समारोहका क्रममा आफ्नो हालैको भारत भ्रमणको झलक देखाउँदै पोस्ट गर्नुभएको भिडियोमा भारतमा फ्रान्सले ‘बढीभन्दा बढी लगानी’ गर्न चाहेको आइतबार बताउनुभएको छ ।

उहाँले भारतको प्रशंसा गर्दै विश्व परिवर्तनमा भारत सबैभन्दा अगाडि रहने बताउनुभयो । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्नुभएको भिडियोमा उहाँले भन्नुभएको छ, “भारतजस्तो लोकतान्त्रिक, जनसाङ्ख्यिकीय, आर्थिक र प्राविधिक शक्ति जस्तोे भन्नका लागि हामीसँग सबैथोक छ, भारत विश्व परिवर्तनमा अग्रपङ्क्तिमा रहने छ ।”

‘भारतमा एउटा असाधारण भ्रमणमा एक नजर’ शीर्षकका साथ पोस्ट गरिएको भिडियोमा म्याक्रोनले भन्नुभएको छ, “हाम्रा लागि चिया पिउनु एउटा बानी हो ।” उहाँले राष्ट्रिय राजधानीमा ७५औँ गणतन्त्र दिवस समारोहमा हिस्सा बन्न पाउँदा ‘अत्यन्त सम्मानित महसुस’ गरिरहेको बताउनुभयो । “यति महत्त्वपूर्ण र अद्वितीय दिनको हिस्सा बनेर मैले अत्यन्त सम्मानित महसुस गरिरहेको छु, यो सधैँ मेरो सम्झनामा रहने छ ।”

दुवै मुलुकबिच सुमधुर सम्बन्ध रहेको दावी गर्दै राष्ट्रपति म्याक्रोनले दुई मुलुकबिच राम्रो सम्बन्ध भए पनि अझै धेरै गर्न सकिने बताउनुभयो । “हामीले पछिल्ला केही वर्षमा तपाईंको मुलुकसँग विभिन्न क्षेत्रमा सहयोग र साझेदारीको एउटा शृङ्खला विकास गरेका छौँ र स्पष्टरूपमा हामी धेरैभन्दा धेरै लगानी गर्न चाहन्छौँ, सम्बन्ध अति सुमधुर भए पनि हामी अझै धेरै गर्न सक्छौँ, अहिलेसम्म सबैकुरा राम्रो भएको छ”, भिडियोमा उहाँले भन्नुभयो ।

यसका साथै उहाँले सन् २०३० सम्म फ्रान्समा भारतबाट ३० हजार विद्यार्थी आउन् भन्ने आफूले चाहेको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले भारतको भ्रमण गर्नुभएको थियो र जनवरी २६ मा ७५औँ गणतन्त्र दिवस समारोहमा उहाँ प्रमुख अतिथि बन्नुभएको थियो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू