Sunrise appliances
Homeमनोरन्जनफिल्म फेस्टिभलमा ‘हल्कारा’

फिल्म फेस्टिभलमा ‘हल्कारा’

काठमाडौँ, १३ कात्तिक ः एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस ९अस्कर अवार्ड० को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व गर्ने चलचित्र ‘हल्कारा’ अमेरिकामा ‘एसियन वर्ल्ड फिल्म फेस्टिभल’को नवौँ संस्करणमा छनोट भएको छ ।

कात्तिक २२ देखि मङ्सिर १७ गतेसम्म अमेरिकाको लस–एन्जलसस्थित कल्भर सिटीमा आयोजना हुने महोत्सव अन्तर्गत प्रतिस्पर्धात्मक खण्डमा छनोट भएको निर्देशक विक्रम सापकोटाले जानकारी दिए ।

“हाम्रो चलचित्र अवार्डमा छनोट भएको जानकारी दिन पाउँदा उत्साहित छौँ । दुई प्रदर्शनी तय गरिएको छ । हाम्रो मौलिक कथालाई अन्तर्राष्ट्रिय महोत्सवमा प्राप्त प्रतिक्रियाले उत्साहित छौँ”, निर्देशक सापकोटाले भने ।

चलचित्रमा हल्कारा ९हुलाकी० मार्फत वैदेशिक रोजगारीको सामाजिक आयामको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा महेश त्रिपाठी, विनिता थापामगर, दीपक क्षेत्री लगायतले अभिनय गरेका छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू