Sunrise appliances
Homeललितपुरललितपुर महानगरले नगर प्रहरीमा भर्ना खोल्यो

ललितपुर महानगरले नगर प्रहरीमा भर्ना खोल्यो

ललितपुर । ललितपुर महानगरपालिकाले नगर प्रहरीको भर्ना खुला गरेको छ । महानगरपालिकाले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न दर्खास्त आह्वान गरेको हो ।

महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, दुई दलित र थारु, मधेशी र पिछडिएको एकरएक जनाका लागि आवेदन आह्वान गरेको हो । यही कात्तिक २४ गतेसम्म महानगरको कार्यालयबाटै र अनलाइनबाट दर्खास्त दिन सकिनेछ ।

पाँच सय रुपैयाँ शुल्क तिरेर नेपाली युवाले आवेदन फारम भर्न सक्ने महानगरले जनाएको छ । दरखास्त फारम महानगरको वेबसाइटबाट पनि डाउनलोड गरेर भर्न सकिन्छ । दर्खास्त दिएकालाई मंसिर ४ गते सम्पर्कमा बोलाइएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू