Sunrise appliances
Homeकाठमाडौंअत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको आग्रह

अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको आग्रह

काठमाडौँ, ६ मङ्सिर : ट्राफिक प्रहरीले बिहीबार काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा बाहेक सवारी साधनको प्रयोग नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज उपत्यकाका विभिन्न स्थानमा बिहीबार विभिन्न समूहले र्‍याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा असहजता हुने सम्भावना भएकाले गाढी नचलाउन आग्रह गरेको हो ।

ट्राफिक प्रहरीले सडकमा सवारी साधन लिएर  निस्कनुअघि १०० वा १०३ मा टेलिफोन गर्न तथा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुन्दै सडकको अवस्थाबारे जानकारी लिनसमेत आग्रह गरेको छ । ट्राफिक प्रहरीले चालक तथा यात्रुको सुरक्षाका लागि सवारीसाधन जुनसुकै स्थानबाट पनि मार्गपरिवर्तन  गराउनसक्ने भएकाले आवश्यक सहयोग गर्नसमेत सबैलाई अनुरोध गरेको छ ।
सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू