Sunrise appliances
Homeसमाचारनेपाल प्रहरीको गर्भवती महिला कर्मचारीलाई छुट्टै पोसाक

नेपाल प्रहरीको गर्भवती महिला कर्मचारीलाई छुट्टै पोसाक

काठमाडौँ- नेपाल प्रहरीले गर्भवती महिला कर्मचारीलाई छुट्टै पोसाक उपलब्ध गराएको छ। प्रहरी प्रधान कार्यालयले गर्भवती महिला कर्मचारीका निम्ति छुट्टै पोसाकको व्यवस्था गरेको हो।

देशभरका गर्भवती महिला प्रहरी कर्मचारीका लागि प्रहरी प्रधान कार्यालयले छुट्टै पोसाक पठाउन थालेको छ। गर्भवती महिला प्रहरीका निम्ति यसअघि छुट्टै पोसाक थिएन।


प्रहरी प्रधान कार्यालयका अनुसार पहिलो चरणमा ३०० गर्भवती महिला कर्मचारीका लागि तयारी पोसाक पठाइएको छ । प्रहरी समन्वय समिति (पीसीसी)को बैठकबाट छुट्टै कार्यविधि बनाएर गर्भवती महिला कर्मचारीका लागि पोसाक तयार पारिएको जनाइएको छ। 

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू