Sunrise appliances
Homeप्रदेशप्रदेश १आदिवासी रङ्गशाला निर्माण छिटो सम्पन्न गर्न मन्त्री लिम्बूद्वारा निर्देशन

आदिवासी रङ्गशाला निर्माण छिटो सम्पन्न गर्न मन्त्री लिम्बूद्वारा निर्देशन

दमक (झापा),१ फागुन : युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रङ्गशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिए ।सोमबार रङ्गशालाको स्थलगत अवलोकन गर्नुहुँदै उनले यसलाई समयमै सम्पन्न गराउन सरकारको साथ र सहयोग रहने जानकारी समेत दिए । आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषद्मार्फत रङ्गशाला निर्माणका लागि यस वर्ष रु एक करोड बजेट विनियोजन भएको छ । रङ्गशाला निर्माणका लागि प्रतिष्ठानका महासचिव राईका अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरी काम भइरहेको गठित निर्माण उपभोक्ता समितिका सचिव रविन गुरुङले बताए। विसं २०६९ देखि निर्माण थालिएको यो रङ्गशाला नामकरणको विवादका कारण केही समय निर्माण ओझेलमा परेको थियो । सरकारबाट यो अवधिमा पटकपटक गरी रु दुई करोड बढी बजेट बिनियोजन गरेर खेलमैदान सम्याउने, घेराबेरा लगाउनेजस्ता केही प्रारिम्भक चरणका काम भए पनि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)अनुसार काम हुनसकेको थिएन ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू