Sunrise appliances
Homeप्रदेशप्रदेश ४दुई पुल निर्माणले चार हजारभन्दा बढी लाभान्वित

दुई पुल निर्माणले चार हजारभन्दा बढी लाभान्वित

तनहुँ, २ फागुन : चालु आर्थिक वर्षमा दुईवटा मोटरेबल पुल निर्माण भएपछि चार हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । म्याग्दे गाउँपालिका-४ र ७ जोड्ने म्याग्देखोला र व्यास-११ सेरास्थित बुल्दीखोलामा पुल निर्माण भएको हो । स्वीस सरकार विकास सहयोगअन्तर्गत स्थानीय सडक पुल कार्यक्रमको प्राविधिक सहयोगमा क्रमशः १२ र २० मिटर लम्बाइको पुल निर्माण भएको स्थानीय सडक पुल कार्यक्रमका प्राविधिक अधिकृत सागर खाम्चाले जानकारी दिनुभयो ।

पक्की पुल निर्माणसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म लैजान र गाउँमा ढुवानी गर्न सहज भएको छ । म्याग्दे खोलामा निर्माण गरिएको पुलबाट एक हजार पाँचसय घरधुरीका मानिस लाभान्वित भएका छन् । उक्त पुलको रु एक करोड ४१ लाख ५८ हजार नौ सय ९० मा निर्माण भएको हो । विसं २०७९ भदौ १ मा सम्झौता भई २०८० साउन ३१ गतेभित्र सम्पन्न गर्ने गरी माई कन्स्ट्रक्सन एण्ड बिल्र्डस पर्वतले पुल निर्माणको ठेक्का पाएको थियो ।

बुल्दीखोलामा निर्माण गरिएको पुलबाट दुई हजार छ सय ४० घरधुरीका मानिस लाभान्वित भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । उक्त पुल रु तीन करोड १२ लाख ४६ हजार छ सय १३ मा निर्माण भएको हो । विसं २०७९ भदौ १ गते सम्झौता गरी २०८१ वैशाख ४ गते सम्पन्न गर्ने गरी माई–डिएस जेभीले ठेक्का लिएको थियो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू