Sunrise appliances
Homeकाठमाडौंविश्व कविता दिवसमा कविता महोत्सव गरिँदै

विश्व कविता दिवसमा कविता महोत्सव गरिँदै

काठमाडौँ, ६ फागुन : साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा राष्ट्रव्यापी कविता महोत्सव गर्ने भएको छ । जन प्रज्ञा–प्रतिष्ठानका रूपमा स्थापित सदनले आगामी चैत ८ गते राष्ट्रव्यापी कविता महोत्सव गर्न लागेको हो । सदनका अध्यक्ष प्रा डा हेमनाथ पौडेलले उक्त दिन प्रतियोगी कविका साथै अतिथि कविका कविता वाचन, विमर्शका तथा महोत्सव हुने बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई रु ३० हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीयलाई रु १० हजारको पुरस्कार दिइनेछ । सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनिस्कोले हरेक मार्च २१ लाई विश्व कविता दिवस मनाउने निर्णय गरेुँगै नेपाल पनि यो दिवस मनाउन थालिएको हो ।

साहित्यकार भ्रष्ट छैनन् : कुलपति राई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले भ्रष्टाचार र अनियमिततामा अपवादबाहेक कवि साहित्यकारहरू संलग्न नभएको बताउनुभएको छ ।

सर्वोच्च अदालत बार एसोसिएसनको स्वर्ण महोत्सवका अवसरमा एसोसिएसनको भाषा साहित्य, कला संस्कृति समिति, नेपाल कानुन व्यवसायी भाषा साहित्य प्रतिष्ठान र निर्झर दिलचेत वाङ्यमय प्रतिष्ठान नेपालद्वारा ‘संरक्षणमा कानुन व्यवसायीको भूमिका र दायित्व’ विषयक अन्तरविमर्शमा कुलपति राईले समाजमा हुने गरेका भ्रष्टाचार र अनियमितताका मुद्दामा अपवादबाहेक कवि साहित्यकार संलग्न नभएको बताउनुभयो ।

साहित्यका विविध विधा र कृति पढ्न कानुन व्यवसायीलाई आग्रह गर्दै उहाँले बहुल भाषाबारे ज्ञान भएमा शब्दहरूको प्रयोगमा अर्थको अनर्थ नलाग्ने र फैसलाहरू त्रुटिरहित हुने बताउनुभयो । कार्यक्रममा पूर्वन्यायाधीश कमलनारायण दासले सबै पक्ष मिलेर नेपाली भाषा र मातृभाषालाई बचाउन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । प्रा डा भागवत ढकालले भाषाको प्रयोग गर्दा विभिन्न मातृभाषाबाट आएका शब्दको सम्मान गर्नु अत्यावश्यक भएको बताउनुभयो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू