Sunrise appliances
Homeप्रदेशप्रदेश ७प्रदेशलाई संस्थागत र बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री शाह

प्रदेशलाई संस्थागत र बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री शाह

अत्तरिया (कैलाली), ७ फागुन : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशलाई संस्थागत र बलियो बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको ‘राष्ट्रिय प्रजातन्त्र दिवस–२०८०’ प्रदेश स्तरीय मूल समारोह कार्यक्रममा उहाँले प्रदेशलाई संस्थागत बनाउनुपर्ने बताउनुभयो ।

“प्रदेश सङ्घीयताको शासन व्यवस्था अनुसार स्थापना भएका हुन् । यसलाई बलियो र संस्थागत बनाउनुको विकल्प छैन । जतिसुकै समस्या र चुनौती भए पनि प्रदेश सरकारले सुशासनसहित समृद्धिलाई मूल लक्ष्य बनाएर अघि बढिरहेको छ”, मुख्यमन्त्री शाहले भन्नुभयो ।

संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई अङ्गिकार गरेको भन्दै उहाँले गणतन्त्रात्मक व्यवस्थामा नागरिकको जीवन पद्दति र शैलीमा पनि परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । “दिगो शान्ति, समृद्धि र विकासप्रतिको नागरिकको आकाङ्क्षा पूरा गरी सामाजिक न्याय र नागरिकको जीवनमा गुणस्तरीय परिवर्तनका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि सहयोग गर्न सबैलाई आग्रह गर्दछु”, मुख्यमन्त्री शाहले भन्नुभयो ।

संविधानले तीनै तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको आधारमा विकसित हुने कुरालाई प्रमुख प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । संविधानको मर्म र भावना अनुसार तीनै तहबीचको समन्वयात्मक सम्बन्धको सिद्धान्तलाई व्यवहारिक रुप दिन प्रदेश सरकार सधँै प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहले उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकार जनतालाई अनुभूति हुने गरी विकासका कामलाई गुणस्तरीय ढङ्गले अगाडि बढाउन, सरल र प्रभावकारी रुपमा सेवाप्रवाह गर्ने दिशामा प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । “विभिन्न चुनौतीकाबीच प्रदेश सरकारले काम गरिरहेको छ ।

भौगोलिक कठिनाइ, गरिबी, बेरोजगारी, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहमा समस्या छन्”, मुख्यमन्त्री शाहले भन्नुभयो, “भौतिक पूर्वाधारको कमी, सीमित स्रोतसाधनलगायतका समस्या र चुनौतीका कारण प्रदेश सरकारले जनताका अपेक्षाअनुसार काम गर्न सकेको छैन ।” जनताका अपेक्षाअनुसार काम गर्नेतर्फ सरकार अगाडि बढिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरुलगायतको उपस्थिति थियो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू