Sunrise appliances
Homeप्रदेशप्रदेश १प्रथम ओएसिस महिला गोल्डकपको उपाधि मानेभञ्ज्याङलाई

प्रथम ओएसिस महिला गोल्डकपको उपाधि मानेभञ्ज्याङलाई

फिक्कल (इलाम), ८ फागुनः इलाम सदरमुकाममा सञ्चालित प्रथम ओएसिस महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको दार्जिलिङस्थित मानेभञ्ज्याङ फुटबल क्लबले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा इलामको दीपेन्द्रशिखर फुटबल क्लब ३–० गोलको फराकिलो अन्तरमा पराजित गर्दै मानेभञ्ज्याङले उपाधि चुमेको छ ।

मानेभञ्ज्याङलाई उपाधि जिताउन सिम्रन गुरुङ र सुस्मिता लेप्चाको योगदान रह्यो । खेलको नवौँ मिनेटमा नै मानेभञ्ज्याङकी सिम्रन गुरुङले पहिलो गोल गर्दै टोलीलाई अग्रतामा पु¥याउनुभएको थियो । २५औँ मिनेटमा सुस्मिता लेप्चाले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो ।

६७औँ मिनेटमा पुनः सिम्रन गुरुङले दोस्रो गोल गर्दै टोलीलाई ३–० को जितमा उपाधि दिलाउनुभयो । सुरुदेखि विपक्षीको दबाबमा परेको दीपेन्द्रशिखरले रक्षात्मक खेल्न नसक्दा उपविजेतामा चित्त बुझाउँनु परेको थियो ।

उपाधि जितेको मानेभञ्ज्याङले नगद रु दुई लाखसहित ट्रफी हात पा¥यो । उपविजेता बनेको दीपेन्द्रशिखरले नगद रु एक लाखमा चित्त बुझायो । फाइनल खेलको उत्कृष्ट खेलाडी विजेता मानेभञ्ज्याङकी सिम्रन गुरुङ घोषित हुनुभयो । उहाँले नगद रु पाँच हजार प्राप्त गर्नुभयो ।

प्रतियोगितामा मानेभञ्ज्याङका पाँच खेलाडीले उत्कृष्ट चार विधाकार पुरस्कार प्राप्त ग¥यो । उत्कृष्ट गोरक्षक विजेता मानेभञ्ज्याङकी ग्युमरी तामाङ, उत्कृष्ट फरवार्ड सिम्रन गुरुङ, उत्कृष्ट डिफेन्डर निमिता गुरुङ र सर्वोत्कृष्ट खेलाडी मरक घोषित हुँदै नगद रु पाँच हजार र ट्रफी पाउनुभयो ।

त्यस्तै, उत्कृष्ट मिडफिल्डर सप्तरीको नमोबुद्ध युथ क्लबकी प्रतीक्षा राई र उदियमान खेलाडी आयोजक क्लब ओएसिसकी आयशा राई घोषित हुँदै नगद रु पाँच÷पाँच हजार र ट्रफी प्राप्त गर्नुभयो ।

सर्वाधिक गोलकर्ता भने दुई खेलाडी घोषित भए । प्रतियोगिताभर तीन–तीन गोल गरेका र मानेभञ्ज्याङकी सिम्रन गुरुङ र झापाको विर्तामोड युनाइटेडकी समीक्षा मगर घोषित हुँदै नगद रु पाँच हजार र ट्रफी पाउनुभयो ।

विजेता र उपविजेता टोली र खेलाडीलाई इलाम नगरपालिका प्रमुख केदार थापाले पुरस्कार वितरण गर्नुभयो । क्लब ओएसिस इलामको आयोजनामा फागुन ३ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपाल र भारतका आठवटा महिला टोलीको सहभागिता रहेको थियो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू