Sunrise appliances
Homeसमाचारभीमदर्शन रोका स्मृतिबाट दुई स्रष्टा, एक संस्था सम्मानित

भीमदर्शन रोका स्मृतिबाट दुई स्रष्टा, एक संस्था सम्मानित

काठमाडौँ, ११ फागुन : भीमदर्शन रोका स्मृति कोषले शिक्षा क्षेत्र तथा मानव सेवामा योगदान पु¥याउनुभएका दुई स्रष्टा र एक संस्थालाई सम्मानित गरेको छ । कोषद्वारा आज आयोजित ‘सम्मान समर्पण समारोहमा’ बालकृष्ण भट्टराईलाई ‘आदर्श गुरु सम्मान’, वैकुण्ठनारायण सुवाललाई ‘भीमदर्शन रोका स्मृति सम्मान’ र नेपाल स्नेही काखलाई ‘भीमदर्शन रोका समाजसेवा सम्मान’ समर्पण गरेको हो ।

शिक्षाका क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै बालकृष्ण भट्टराई र वैकुण्ठनारायण सुवाललाई तथा मानसिक सन्तुलन गुमाएका अभिभावकविहीन विशेषतः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई स्याहार, उपचार एवं आश्रय प्रदान गर्ने नेपाल स्नेही काखलाई जनही रु ५० हजार एक नगद राशिसहित सम्मान गरेको छ ।

नेपाल स्नेही काख संस्थातर्फ अध्यक्ष श्रीनेहा पोखरेललाई प्रदान गरिएको छ । सिद्धार्थ वनस्थली इन्स्टिच्युटका पूर्वविद्यार्थीद्वारा आफ्ना गुरु भीमदर्शन रोकाको सम्मानमा स्थापित उक्त कोषले शिक्षा, साहित्य, कला, संस्कृति, समाज सेवालगायतका क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । भीमदर्शन रोका नेपाली आधुनिक मुक्तकका प्रवर्तक, लोकप्रिय कवि एवं आदर्श गुरु हुनुहुन्थ्यो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू