Sunrise appliances
Homeसमाचारराष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित

राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित

काठमाडौँ, ११ फागुन : राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गर्नुभएको ‘विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।

विधेयकमाथिको छलफलमा मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, मदनकुमारी शाह ‘गरिमा’, प्रकाश पन्थ, सुरेशकुमार आलेमगर, देवेन्द्र दाहालले भाग लिुनभएको थियो । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सभा समक्ष पेश गर्नुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक यही फागुन १४ गते सोमबार विहान ११ः०१ बजे बस्नेछ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू