Sunrise appliances
Homeसमाचारखानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको छ : मन्त्री यादव

खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको छ : मन्त्री यादव

काठमाडौँ, ११ फागुन : खानेपानीमन्त्री महिन्द्रराय यादवले तराई–मधेस क्षेत्रमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले उक्त समस्या समाधानका निम्ति वन मन्त्रालय र ऊर्जा मन्त्रालयसँग पनि छलफल गरिएको बताउनुभयो ।

मन्त्री यादवले दीर्घकालीनरुपमा समस्या समाधानका लागि तराई–मधेसमा रहेका अधुरा खानेपानी ट्याङ्क निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग छलफल गरिएको बताउनुभयो । “मधेस–प्रदेशमा हाल देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एक मात्र विकल्प प्राकृतिक पुनर्भरणका रुपमा रहेको चुरे क्षेत्र हो । चुरे संरक्षण नै यसको दिगो समाधान हो”, उहाँले भन्नुभयो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू