Sunrise appliances
Homeकाठमाडौंप्रतिपक्षी दलको विरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

प्रतिपक्षी दलको विरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ, १४ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेकपा (एमाले) का सांसदहरुले विभिन्न माग राखी नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको छ । एमाले सांसदहरुले सरकारले मिटरब्याज पीडित तथा दूग्ध किसानका समस्या समाधानमा गम्भीर नभएको आरोप लगाउँदै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गर्नुभयो ।

बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्षी दल एमालेलगायत अन्य विपक्षी दलका सांसदहरु आफ्नो आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटालाई बोल्न समय दिनुभएको थियो । सांसद बाँस्कोटाले विपक्षी दलले सदनमा उठाएका समसामयिक विषयमा सरकार गम्भीर नभएको, सभामुखले रुलिङ गर्दा समेत सरकारले कुनै जवाफ नदिएको टिप्पणी गर्नुभयो ।

उहाँले मिटरब्याज पीडित न्यायका लागि काठमाडौँ आउनुपरेको अवस्थामा सरकारले वेवास्ता गरेको, दूधको मूल्य नपाएर किसानले दूध बाटोमा पोख्नुपरेको अवस्थामा समाधानमा कुनै पहल नगरेको आरोप लगाउनुभयो । सांसद बाँस्कोटाले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विवादित मन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने माग गर्नुभयो ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याज पीडित जनताले न्याय नपाएको, दुग्ध किसानका समस्या समाधानमा सरकार गम्भीर नभएको र लघुवित्त पीडितले न्याय नपाएको उल्लेख गर्दै समस्या समाधानमा ठोस सम्बोधन नभए बैठक अवरोध गर्ने चेतावनी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने सभामुखबाट स्पष्ट रुलिङ गरेपछि सम्बन्धित मन्त्रीले जवाफ किन नदिएको भनी प्रश्न गर्नुभयो । उहाँले मिटर ब्याज पीडितका समस्या सम्बोधनका लागि कानुन बनेपछि सरकारले कार्यान्वयन गर्न नसक्दा उनीहरुले न्याय नपाएको बताउनुभयो । बैठकमा एमालेका सांसद आसनबाट उभिएपछि सभा सञ्चालनका लागि सभामुखले पटकपटक आग्रह गर्दा पनि नबसेपछि बैठक स्थगित गरिएको हो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू