Sunrise appliances
Homeसमाचारराष्ट्रिय महाधिवेशनमा एउटै दस्तावेजमा छलफल गर्ने नेकपा एसको निर्णय

राष्ट्रिय महाधिवेशनमा एउटै दस्तावेजमा छलफल गर्ने नेकपा एसको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा वैचारिक छलफलका लागि एउटै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज सम्पन्न मस्यौदा समितिको बैठकमा पार्टीलाई अझ सुदृढ तथा एकीकृत गर्न एउटै दस्तावेज छलफलमा लैजाने सर्वसम्मतिले निर्णय गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । अब केही नेताहरूबीचका वैचारिक मतभिन्नतालाई पनि एउटै दस्तावेजमा समावेश गरी राष्ट्रिय महाधिवेशनमा छलफल गरिनेछ । 

यही फागुन १५ गतेदेखि आजसम्म केन्द्रीय कार्यालयमा भएको बैठकमा पार्टीको समाजवादी कार्यक्रमको सैद्धान्तिक दृष्टिकोण, सङ्गठनात्मक कार्यदिशाबारे गहन छलफल भएको थियो । देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै विविधताबीचको एकता र सद्भाव प्रवर्द्धनलाई दस्तावेजमा समेटिने प्रचार विभाग प्रमुख खतिवडाले बताए । 

महाधिवेशनमा विधान सम्मेलनमा पारित प्रतिवेदन, राजनीतिक, आर्थिकलगायत प्रतिवेदनमा थप छलफल गरिनेछ । मस्यौदामा सुझाव सङ्कलन गर्न जिल्ला तहका कार्यकर्तालाई मस्यौदा पठाइसकिएको छ । उनीहरूका सुझाव समावेश गरी तयार गरिने दस्तावेजमा पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, आगामी दिनमा सञ्चालन गरिने राजनीतिक गतिविधि, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति समावेश गरिनेछ । दस्तावेज तयारीका लागि पार्टीले अध्यक्ष नेपालको नेतृत्वमा २७ सदस्यीय समिति गठन गरेको थियो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू