Sunrise appliances
Homeप्रदेशप्रदेश १बोलेरोलाई टिपरले ठक्कर दिँदा दुईको मृत्यु, पाँचजना घाइते

बोलेरोलाई टिपरले ठक्कर दिँदा दुईको मृत्यु, पाँचजना घाइते

दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको  बोलेरोलाई टिपरले ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी– ३ पुरानो मालपोतअगाडि आज बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।

उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र.१ख ९६७६ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसलाई ठक्कर दिँदै सोही दिशामा रहेको मे.१ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा बोलेरोमा सवार झापा कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँका ४४ वर्षीया गीता खनालको घटनास्थलमै मृत्यु भएको र अन्य पाँचजना गम्भीर अवस्थामा रहेका प्रहरी निरीक्षक दाहालले बताए । घाइतेको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू