Sunrise appliances
Homeसमाचारअपाङ्गता भएका महिलाको राष्ट्रिय सम्मेलन सुरु

अपाङ्गता भएका महिलाको राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ, १८ फागुनः अपाङ्गता भएका महिलाहरूको राष्ट्रिय सम्मेलन आजदेखि यहाँसुरु भएको छ । ‘मलाइ पनि तिमिसँगै गणना गरः मेरो आवाजले अर्थ राख्छ’ भन्ने नाराका साथ आजदेखि सुरु सम्मेलन काठमाडौँ घोषणापत्र जारी गर्दै यही फागुन २० गते सम्पन्न हुनेछ । \ कार्यक्रममा सातै प्रदेशबाट ३६ जना अपाङ्गता भएका महिला र महिला एवं अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय स्तरका संस्थाका प्रतिनिधि गरी ९० जनाभन्दा बढीको सहभागिता छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा महिला र अपाङ्गताका क्षेत्रमा काम गर्दै आएका संस्थाहरु दलित महिला सङ्घ (फेडो), राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला सङ्घ नेपाल, नेत्रहीन महिला सङ्घ नेपाल, एक्सेस प्लानेट नेपाल र पहिचान नेपालको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

सम्मेलनको प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर उद्घाटन गर्नुभयो । सम्मेलनमा राष्ट्रियसभा सदस्य पदम परियार, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, समावेशी आयोगका प्रतिनिधिलगायतको समेत उपस्थिति छ । उपसभामुख रानामगरले अपाङ्गता भएका महिलाका सवालमा आफू चिन्तित रहेको र आफ्नो तर्फबाट नीतिगत तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

दलित महिला संघ (फेडो)को अध्यक्ष कला स्वर्णकारले अपाङ्गता भएका महिलाहरुको विविधता, अन्तरसम्बन्धताका सवाल, अर्थपूर्ण सहभागिता र न्यून प्रतिनिधित्व तथा सिमान्तकृत अपाङ्गता भएका महिलाहरुको सवाल एवं समस्याको पहिचान गरी सोको सम्बोधनका लागि नीति निर्माणको निर्णायक तहका व्यक्ति र सरोकारवाला निकायलाई दबाब दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू