Sunrise appliances
Homeप्रदेशप्रदेश ३घाटबेँसी बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या सात पुग्यो

घाटबेँसी बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या सात पुग्यो

धादिङ, फागुन २३ गते । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । लुम्बिनीको पेडेरियाबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको  यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेंसीमा दुर्घटनामा परेको हो ।

बस दुर्घटनामा एक महिलासहित सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३३ जनाको जीवितै उद्धार गरिएको छ । ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ । पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा ३९ जना घाइते भएका छन् । घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना गरी ६५ जनाभन्दा धेरै प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् । बस चालक रुपन्देही लुम्बिनी संस्कृति न.पा.९ बस्ने वर्ष ३८ को हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू