Sunrise appliances
Homeसमाचारमानव बेचबिखनको अभियोगमा पक्राउ

मानव बेचबिखनको अभियोगमा पक्राउ

काठमाडौँ, २४ फागुन : मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका–३ का २५ वर्षीय रिकमन राई रहेका छन् । प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार पक्राउ परेका राईले बुटवलको कपडा पसलमा काममा लगाईदिने भन्दै भारत पु¥याएका थिए ।

उनलाई मानव बेचबिखन गरेको अभियोगमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले प्रहरी वृत्त कालिमाटीको सहयोगमा पक्राउ गरिएको हो । राईले सामाजिक सञ्जालमार्फत चिनजान भएकी पीडितलाई रोजगारी लगाइदिने प्रलोभनमा भारतको मुजफ्फरपुर लगेर बन्धक बनाइ राखेको अवस्थामा नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ । उनी त्यसपछि फरार रहेका थिए ।

राई उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रवक्ता ढकालले बताउनुभयो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू