Sunrise appliances
Homeप्रदेशप्रदेश २मोटरसाइकलसहित यादवको शव पुलमुनि फेला

मोटरसाइकलसहित यादवको शव पुलमुनि फेला

कुनौली–राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि एक  पुरुषको शव आज फेला परेको छ । जिल्लाको राजविराज नगरपालिका–१६ बस्ने राजेशकुमार यादव पुलमुनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

पुलमुनि  मधेश प्रदेश ३०६१ नंको मोटरसाइकलसहित उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गएको हुन सक्ने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुलेको छैन तर घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ  । 

पुलको तल शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएपछि परीक्षणका लागि शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू