Sunrise appliances
Homeप्रदेशप्रदेश ३बीस लाखको लागतमा कार्यालय भवन निर्माण

बीस लाखको लागतमा कार्यालय भवन निर्माण

मनहरी– पार्टी कार्यकर्ता तथा चिन्तकहरूको आर्थिक सहयोगमा मनमोहन अधिकारी स्मृति भवन निर्माण गरिएको छ । हेटौँडा उपमहानगरपालिका–८ मा एकतले चारकोठाको मनमोहन स्मृति भवन निर्माण भएको हो । भवनको आज उद्घाटन गरिएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौँडा ८ नं वडा कमिटीले आफ्ना कार्यकर्ता तथा पार्टी सदस्यहरूसँग रकम संकलन गरेर भवन निर्माण गरिएको एमाले जिल्ला कमिटीका सदस्य तथा भवन निर्माण समितिका संयोजक कुमार केसीले बताए। 

उक्त भवन कूल रु २० लाखको लागतमा निर्माण गरिएको उनले बताए। भवनको उद्घाटन नेकपा (एमाले) बागमती प्रदेश कमिटीका सदस्य गोपाल बहादुर श्रेष्ठले गरेका हुन्। 

सोही अवसरमा श्रेष्ठले कार्यकर्ताले चाहे भने सहयोग जुटाएर पनि विकास–निर्माणको काम गर्न सकिने बताए । भवन बनेपछि अब भवनबाटै पार्टीका गतिविधि सञ्चालन गर्न सहज मिल्ने उनले बताए।  

नेकपा (एमाले) मकवानपुरका अध्यक्ष बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, पार्टी कार्यालय सचिव राजन थापा, जिल्ला सदस्यहरू यशोदाकुमारी उप्रेती, सानु लामा, दीपक खड्का, नरेन्द्र भण्डारी, आरती पाठकलगायत उपस्थित थिए ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू