Sunrise appliances
Homeकाठमाडौंराष्ट्र शान्तिका लागि विशेष पूजा

राष्ट्र शान्तिका लागि विशेष पूजा

योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्ले राष्ट्र शान्तिका लागि मैतीदेवी मन्दिरमा आज वेदपाठ, चण्डिपाठ र होमादि आयोजना गरेको छ।

देशमा अशान्ति, झैझगडा, काटमार, सम्बन्ध–विच्छेद, बलात्कार, आत्महत्या, हत्या हिंसा, बढ्दो सडक दुर्घटनालगायत खराब प्रवृत्ति निराकरणका लागि एकदिवसीय विशेष पूजा गरिएको हो।

परिषद्का अध्यक्ष शङ्कर पौडेलले चार ब्राह्मणद्वारा वेदपाठ, नौ ब्राह्मणद्वारा चण्डिपाठ, ११ ब्राह्णद्वारा रूद्रीपाठ, चार ब्राह्मणद्वारा अनुष्ठान गरिएको जानकारी दिए।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू