Sunrise appliances
Homeप्रदेशप्रदेश ५जातीय विभेद अन्त्य गर्न युवा सञ्जाल

जातीय विभेद अन्त्य गर्न युवा सञ्जाल

तुलसीपुर । दाङमा जातीय विभेद अन्त्य गर्न युवा सञ्जाल गठन गरिएको छ । विभेद अन्त्यका लागि सचेतना फैलाउन तुलसीपुर उपमहानगरपालिकामा रहेका दुई र दङ्गीशरण गाउँपालिकामा एक गरी तीन सामुदायिक विद्यालयमा किशोर–किशोरी सञ्जाल गठन गरिएको हो ।

दाङका अन्य विद्यालयमा पनि यो सञ्जाल गठन गर्ने दलित महिला सङ्घ दाङका अध्यक्ष युवा कराराले बताए । उनका अनुसार ती सञ्जाल गठन गरी नयाँ पुस्ताका दलितले भोग्नुपरेका विभेदलगायत विषयमा अध्ययन गरिनेछ ।

छुवाछूतमुक्त राष्ट्र घोषणा भए पनि हाम्रो समाजमा छुवाछूतका घटना नघटेका अध्यक्ष कराराको दुखेसो छ । उनले विभेदरहित समाज निर्माणका लागि जातीय मुद्दा साझा बन्नुपर्नेमा जोड दिए । दलित भएकै कारण सार्वजनिक धारा, कुवाको पानी प्रयोग गर्न नपाएको उनले गुनासो गरे ।

दलित समुदायका आवाजलाई निरन्तररूपमा समावेश गर्नुपर्ने दलित अधिकारकर्मी निर्मल नेपालीले बताए । दाङका १० पालिकामध्ये आफूहरूको अथक प्रयासका कारण तुलसीपुर उपमहानगरपालिकाले दलित सशक्तीकरण ऐन ल्याएकाले पूर्णरूपमा कार्यान्वयन सबैको दायित्व रहेको उनले बताए ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू