Sunrise appliances
Homeसमाचारउपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा

उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा

काठमाडौं। काठमाडौं उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ। हावाहारी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन्।

विपत व्यवस्थापनविद् डा धर्मराज उप्रतीले आज दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदुषण न्यूनीकरणमा सहयोग पुग्ने बताए।

“यतिबेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन जरुरी छ”, उनले भने, “देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदुषण बढेको थियो । वर्षाका कारण वायु प्रदुषण न्यूनीकरण हुनेछ।”

मंगलबार र बुधबार उपत्यकामा वायु प्रदुषण बढ्दा काठमाडौँ विश्वको नै पहिलो प्रदुषित सहरका रुपमा सूचीकृत भएको थियो। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बुधबार दिउँसो समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) दुई सय ६५ थियो।

सोमबार दिउँसो एक सय ६५ एक्यूआई रहेको प्रदुषण, मंगलबार दुई सय पुगेको थियो। आज भने प्रदुषण घटेर एक सय ७७ एक्यूआईमा सीमित भएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू