Sunrise appliances
Homeसमाचारराष्ट्रपतिको सवारी अब सामान्य हुने

राष्ट्रपतिको सवारी अब सामान्य हुने

काठमाडौँ, १ जेठ : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल तामझाम बिना नै सामान्य रुपमा सङ्घीय संसद् भवन जानुहुने भएको छ । उहाँको सवारी अन्य अवस्थाको जस्तै सामान्य हुने सुरक्षा निकायले जनाएको छ ।

राष्ट्रपति पौडेलको सवारी आज नयाँ वानेश्वरबाट मात्रै ‘घोडसवार फौज’ सहितको ‘कारगेड’ हुने जनाइएको छ । उहाँलाई संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गर्नुहुनेछ भने नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गर्नेछ ।

राष्ट्रपति पौडेल गत वर्ष पनि तामझाम बिना नै संसद् भवन नयाँ वानेश्वर जानुभएको थियो । विगतमा नयाँ बानेश्वरसम्मको बाटो खाली गराएर राष्ट्रपति भवन शीतल निवासबाटै घोडसवार फौजसहित विशेष सवारी गर्ने गरिएको थियो ।

राष्ट्रपति पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त बैठकमा आज अपराह्न ३ बजे प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान राष्ट्रपतिको संसद् प्रवेशको ‘रिहर्सल’ गरिएको थियो । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन सिङ्गारिएको छ । संसद् भवन परिसरमा सुरक्षा व्यवस्था मजबुद बनाइएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू