Sunrise appliances
Homeखेलकुदओलम्पिक छनोटका लागि नेपाली बक्सिङ टोली बैङ्कक जाँदै

ओलम्पिक छनोटका लागि नेपाली बक्सिङ टोली बैङ्कक जाँदै

काठमाडौँ : बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली भोलि थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । यही जेठ ११ देखि २१ गतेसम्म हुने प्रतियोगितामा दुई पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३ दशमलव पाँच केजीमा प्रकाश इजम लिम्बूले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी, महिला ५४ केजीमा अन्जनी तेलीले खेल्नेछिन् ।

प्रशिक्षकमा प्रकाश थापा मगर छन् । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेलगायतले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै टोलीको बिदाइ गर्नुभयो ।

सदस्यसचिव घिसिङले खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू