Sunrise appliances
Homeसमाचारदुई सय २९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’

दुई सय २९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर ‘स्क्रिनिङ’ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको आयोजनामा भेलामा  सहभागी ती महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो ।

महासंघका उपाध्यक्ष शारदा खनालले दुई सय २९ जनाको  ‘एचपिभि डिएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको जानकारी दिए।

 उनले  स्क्रिनिङको नतिजा एक महिनापछि मात्र प्राप्त हुने जानकारी दिए । ‘हाम्रा धेरै दिदीबहिनी पाठेघरको मुखको क्यान्सरबाट पीडित भएका पाइएको छ’, उनले अन्य मुलुकमा स्तन क्यान्सरका बिरामी अधिक भेटिएका जानकारी दिँदै उनले भने ।  समय–समयमा पाठेघर र स्तन परीक्षण गराउन उपाध्यक्ष शर्माले सुझाव दिएका छन् । 

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू