Sunrise appliances
Homeअन्यपत्रपत्रिकाभक्तपुरमा खाटबाट खसेर १६ महिने बालकको मृत्यु

भक्तपुरमा खाटबाट खसेर १६ महिने बालकको मृत्यु

भक्तपुरमा खाटबाट खसेर एक १६ महिने बालकको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका वडा नं- १० कमलविनायकमा डेरा गरी बस्ने रामेछाप घर भएकी सरु खड्काको १६ महिने छोरा सम्राट् खड्काको खाटबाट खसेर मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजन कार्कीका अनुसार बालक झ्याल नजिकैको खाटमा खेल्ने क्रममा भुईँमा खसेका थिए। खाटबाट खसेर गम्भीर घाइते भएको उनलाई तत्कालै उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियो।

उपचारकै क्रममा बालकको सोमबार मृत्यु भएको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू