Sunrise appliances
Homeसमाचारआगामी बजेटले खानेपानी समस्यामा कोशेढुङ्गा: मन्त्री राईको प्रतिबद्धता

आगामी बजेटले खानेपानी समस्यामा कोशेढुङ्गा: मन्त्री राईको प्रतिबद्धता

काठमाडौँ, ९ असार: खानेपानी मन्त्री राजेन्द्रकुमार राईले आगामी आर्थिक वर्षको बजेटले खानेपानी समस्याको समाधानमा कोशेढुङ्गा साबित हुने दाबी गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८१ माथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले खानेपानी समस्याको समाधानको प्रतिवद्धता व्यक्त गरे। “खानेपानीका लागि लाइनमा बस्न नपर्ने र कम्मरमा गाग्री बोकेर पानी ल्याउनुपर्ने समस्या समाधान हुनेछ,” उनले भने।

मन्त्री राईले मेलम्ची खानेपानी आयोजनामा बाढीले पुर्याएको क्षतिपछि आयोजनालाई अगाडि बढाउने अध्ययन भएको र आयोजनाको ट्याङ्की सुरक्षित स्थानमा लैजाने मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको जानकारी दिए। यसका लागि एसियाली विकास बैंकले करिब दुई अर्ब रुपैयाँ अनुदान दिनेछ।

आयोजनाको दोस्रो चरण अन्तर्गत लार्के र याङ्ग्री खोलाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ पुर्याउने योजना निर्माण भइरहेको पनि उनले बताए। याङ्ग्री र लार्के खोलामा बन्ने हेडवक्र्ससम्म पहुँचमार्ग निर्माण भइरहेको जानकारी पनि दिए।

आगामी आर्थिक वर्षको बजेट र वार्षिक विकास कार्यक्रमले सबै जिल्ला र निर्वाचन क्षेत्रका मागलाई सम्बोधन गरेको उनले बताए। मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि मन्त्रालयले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना निर्माण गरिरहेको पनि उनले उल्लेख गरे।

प्रतिनिधिसभाको अर्को बैठक भोलि असार १० गते सोमबार बिहान ११ बजे बस्नेछ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू