Sunrise appliances
Homeकृषिप्रधानमन्त्रीद्वारा जलवायुमैत्री प्रविधिबाट धान उत्पादन वृद्धि गर्ने घोषणा

प्रधानमन्त्रीद्वारा जलवायुमैत्री प्रविधिबाट धान उत्पादन वृद्धि गर्ने घोषणा

चितवन, १५ असार: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायुमैत्री प्रविधिको प्रयोगले धान उत्पादन वृद्धि गर्ने बताउनुभएको छ। चितवनमा आयोजित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण धानमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्न र उत्पादकत्व वृद्धि गर्न सरकारको प्राथमिकता रहेको उल्लेख गर्नुभयो।

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा शनिबार रत्ननगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर :प्रदीपराज वन्त /रासस

उहाँले जैविक विविधताको उपयोग गरी पोषणयुक्त उच्च उत्पादन दिने धानका जातको विकास र कृषकमैत्री प्रविधिको प्रयोगमार्फत धान उत्पादन बढाउने रणनीति लिएको बताउनुभयो। कृषि क्षेत्रको व्यवसायीकरण र विविधिकरणमार्फत समृद्धि हासिल गर्न जलवायुमैत्री प्रविधिको अवलम्बनले धान तथा चामलको आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा शनिबार रत्ननगरमा आयोजित कार्यक्रममा मेसिनको सहायताले धान रोप्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर :प्रदीपराज वन्त

प्रधानमन्त्रीले तीन तहको सरकारलाई नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गर्दै रासायनिक मल, गुणस्तरीय बीउ, प्रविधि विस्तार, अनुसन्धान र विकासमा प्राथमिकता दिएको बताउनुभयो। साथै, उत्पादन तथा उपलब्धतामा वृद्धि, वितरण प्रणालीमा सुधार र खाद्यान्नमा आत्मनिर्भरता कायम गर्न प्रतिबद्धता जनाउनुभयो।

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा शनिबार रत्ननगरमा आयोजित कार्यक्रममा मेसिनको सहायताले धान रोप्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर :प्रदीपराज वन्त

कार्यक्रममा कृषि मन्त्री ज्वालाकुमारी साहले यान्त्रीकीकरण र आधुनिकीकरणमा मन्त्रालयले काम अघि बढाएको बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चितवनलाई बीउ उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो।

अन्य वक्ताहरूले प्रविधिको प्रयोगले कृषि उत्पादन वृद्धि गर्न र लागत घटाउन सहयोग पुग्ने बताए। कार्यक्रममा सांसद, प्रदेशसभा सदस्यहरू र अन्य गणमान्य व्यक्तिहरूको उपस्थिति थियो।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू