Sunrise appliances
Homeप्रदेशप्रदेश ४पोखरा हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला

पोखरा हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला

कास्की जिल्लाको पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा एक युवाको शव फेला परेको छ ।
पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको हो।

धादिङ्ग जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–७ निवासी तथा पोखरा महानगरपालिका–८ नागढुङ्गामा बसोबास गर्दै आएका २५ वर्षीय युवक पौडी खेल्ने क्रममा हर्पन खोलामा डुबेका थिए। घटनापछि बेपत्ता भएका युवकको खोजीका लागि नं। २४ कालिका गण कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो।

टोलीले डिप ड्राइभ गरी लगभग २० फिट गहिराईमा पुगेर युवकको शव बाहिर निकालेको हो। यो दुस्खद घटनाले स्थानियबासी तथा परिवारजनमा गहिरो पीडा छाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ भने परिवारलाई आवश्यक सहयोग प्रदान गरिरहेको जानकारी गराएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू