Sunrise appliances
Homeप्रदेशप्रदेश ३नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्याङ्कर ठोक्किँदा १६ जना घाइते

नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्याङ्कर ठोक्किँदा १६ जना घाइते

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डमा शनिबार अपराह्न ३ बजे बस र तेलको ट्याङ्कर ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्। नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल ट्याङ्करको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका व्यक्तिहरूमा बस चालक लाल बहादुर घलान, सहचालक राजेन्द्र क्षेत्री, विनिता सुवेदी आचार्य, विप्लव आचार्य, बद्रिकुमार श्रेष्ठ, सृजना श्रेष्ठ, सृजना रानाभाट, अमृता रानाभाट, झलकबहादुर थापा, मनमाया आले, रिषभ आले, अमृता थापा, पदम भुजेल, कमला माया थापा, निरज गिरी, र सुलभ गिरी रहेका छन्। घाइतेहरूको अवस्था केही मध्यम र केही गम्भीर रहेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू