निरन्तरको वर्षाले काठमाडौँ उपत्यकाका नदि तथा खोलामा पानीको सतह बढेको छ। चन्द्रागिरि नगरका खोला खोल्साहरुमा समेत पानीको बहाव बढिरहेको छ तसर्थ बाढि पृर्वानुमान महाशाखाले आज दिँउसो २ बजेसम्म उच्च सतर्कता अपनाउन सचेत गराएको छ। साथै वर्षापछि विष्णुमति नदीको जल सतह सतर्कता तह पार भएको छ। धोबिखोला समेत जल सतह उकालो लागिरहेको छ साथ साथै हनुमन्ते खोलामा समेत वर्षापछि पानीको सतह बढिरहेको छ। यद्यपी, प्रहरी वृत थानकोटले नदी क्षेत्र छेउछाउमा बसोवास गर्ने मानिसहरुलाई खोला किनारको सडक प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।
निरन्तर वर्षाले चन्द्रागिरिको जिवन अस्तव्यस्त
सम्बन्धित लेखहरू




