Sunrise appliances
Homeसमाचारडि.भी. निकेतन बोर्डिङ्ग बस दुर्घटनामा, ११ विद्यार्थी सकुशल उद्दार

डि.भी. निकेतन बोर्डिङ्ग बस दुर्घटनामा, ११ विद्यार्थी सकुशल उद्दार

सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ अन्तर्गत पर्ने ईत्राम खोलामा डि.भी. निकेतन बोर्डिङ्ग स्कुलको बस विद्यार्थीहरू लिएर गन्तव्यतर्फ जाँदै गर्दा, अनियन्त्रित भई करिब ३/४ मिटर तल खोलामा पल्टिएको छ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ, प्रहरीको टोली तत्काल घटनास्थलमा खटिइएको थियो। प्रहरीको सक्रियताले गर्दा बसभित्र रहेका ११ जना विद्यार्थीहरुलाई सुरक्षित रुपमा उद्दार गरियो। उद्दार पश्चात् उनीहरुलाई थप उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको छ।

प्रहरीले तत्कालै प्रभावकारी उद्दार कार्य सम्पन्न गर्दै, ठूलो जनधनको क्षति हुनबाट जोगाएको छ। यस घटनाले यातायात सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकता पुनः स्मरण गराएको छ। विद्यार्थीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, प्रहरी प्रशासनले सवारी साधनका चालकहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू