Sunrise appliances
Homeमनोरन्जनटिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

गतवर्ष कार्तिक २७ गते तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध हट्ने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्तसहित टिकटक खोल्न दिने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बाले जानकारी दिए ।टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाअनुसार दर्ता हुन सहमति जनाएपछि प्रतिबन्ध हटाइएको हो ।सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्ने नीतिअनुरूप सरकारले टिकटकमाथिको प्रतिबन्धन हटाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत साउन २४ गते प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीसँगको छलफलमा टिकटकमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव ल्याउन निर्देशन दिएका थिए ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू