Sunrise appliances
Homeप्रदेशप्रदेश ३स्थानीयको अवरोधपछि नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य ठप्प

स्थानीयको अवरोधपछि नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य ठप्प


चन्द्रागिरि नगरपालिका र धुनिवेशीं नगरपालिकामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको छ ।स्थानीयहरूको अवरोधपछि हिजो ९आइतबार बाट सुरुङ मार्ग अन्तर्गत फ्लाइओभर, पहुँच मार्ग लगायतका संरचना निर्माण कार्य रोकिएको हो ।
हिजो आइतबार चन्द्रागिरि(१ दहचोक क्षेत्रमा सुरुङ मार्ग अन्तर्गतका संरचना निर्माण रोकिएकोमा आजबाट चन्द्रागिरि(५ क्षेत्रमा समेत निर्माण कार्य ठप्प भएको छ ।सुरुङ मार्ग ‘प्रभावित’ क्षेत्रका स्थानीयहरूले विभिन्न ४ बुँदा समेटिएको माग पत्र आयोजना समक्ष बुझाएका छन् ।जसमा सुरुङ मार्गका कारण दहचोकस्थित सुरुङमार्ग माथि रहेका स्थानीयको घर नजिक जमिनमा प्वाल परेको तर सो बाट उत्पन्न समस्या निराकरणका लागि आयोजनाले चासो नदिएको उल्लेख छ ।
यसैगरी आयोजना प्रभावित क्षेत्रको केही जमिन निगरानी गरिनुपर्नेमा आयोजनाले वास्ता नगरेको, तथा आयोजनाबाट प्रभावित सात वटा घरका समस्या समाधान, क्षतिपूर्ति लगायतका विषयमा वास्ता नगरेपछि बाध्य भएर आयोजना निर्माणमा अवरोध गरिएको उल्लेख छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू