Sunrise appliances
Homeखेलकुदहार्दिक मुम्बईका नयाँ कप्तान

हार्दिक मुम्बईका नयाँ कप्तान

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इन्डियन्सले हार्दिक पाण्डेयालाई नयाँ कप्तान बनाएको छ । आईपीएलको अक्सनको केही दिन अघि मुम्बईले नयाँ कप्तानको घोषणा गरेको हो । 

हार्दिकले मुम्बई इन्डियन्समा रोहित शर्माको स्थान लिनेछन् । रोहितले मुम्बईलाई ५ आईपीएलको उपाधि जिताएका थिए । मुम्बई इन्डियन्सले बिज्ञप्ति जारी गर्दै यसको घोषणा गरेको हो । 

मुम्बई इन्डियन्सका ग्लोबल पर्फमेन्स हेड महेला जयबर्धनेले भनेका छन्, ‘यो विरास निर्माण र भविष्यका लागि तयार रहने मुम्बईको नीतिलाई देखाउँछ । मुम्बईले सचिनदेखि हरभजन र रिकीदेखि रोहितसम्मको असाधारण नेतृत्वकर्ताको आशिर्वाद पाएको छ ।’ 

गुजरात टाइटन्सबाट हार्दिकलाई मोटो रकम तिरेर मुम्बईले यसै सिजन फिर्ता ल्याएको थियो । उनको आगमनसँगै मुम्बईको नयाँ कप्तानको विषयमा धेरै अडकलबाजी सुरु भएको थियो । 

हार्दिकलाई कप्तान बनाउने निर्णयले मुम्बईको आन्तरिक टिम संयोजनमा धेरै फेलबदल हुन सक्ने आँकलन गरिएको छ । 

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू